अब नेपाल टेलिकमको रिचार्ज यसरी गर्नुहोस

काठमाडौं । नेपाल टेलिकमका विभिन्न सेवाहरुको Top Up (रिचार्ज) गर्न र नयाँ प्रिपेड सिम एक्टिभेट गर्न नयाँ व्यवस्था गरिएको छ । अबदेखि टेलिकमका विभिन्न सेवाहरुको Top Up (रिचार्ज) गर्नका लागि USSD Code *412# प्रयोग गर्न सकिने भएको छ ।

कम्पनीको जिएसएम मोबाइलबाट *412# डायल गर्दा रिचार्ज गर्नुपर्ने विभिन्न सेवाहरु मेनुमा देखिन्छ । त्यसपछि त्यहाँ उल्लिखित सेवाहरु नम्बर अनुसार छनौट गरी रिचार्ज गर्न सकिन्छ । यो सुविधाबाट आफ्नो मात्र नभई अन्य जुनसुकै नम्बरमा समेत रिचार्ज कार्ड प्रयोग गरी रिचार्ज गर्न पनि सकिने नेपाल टेलिकमले जनाएको छ ।

कम्पनीले उपलब्ध गराएका जीएसएम सेवा, सीडीएमए सेवा, ल्यान्डलाइन फोन सेवा, एफटीटीएच भ्वाइस सेवा, एफटीटीएच डाटा सेवा, एडीएसएल सेवा, वाइम्याक्स सेवा र सिप (SIP) सेवाहरुको Top Up  (रिचार्ज)USSD Code प्रयोग गरी सहज रुपमा गर्न सकिन्छ ।

त्यसैगरी नयाँ सिम Activate गर्न हाल १४१५ मा कल गरीFirst Call Activation (FCA) गर्दै आएकोमा ग्राहकको थप सुविधाका लागि कम्पनीले *1414#  डायल गरी FCA गर्न सकिने व्यवस्था मिलाएको छ ।

नेपाल टेलिकम एप र कम्पनीको वेबसाइट (www.ntc.net.np) मार्फत Top Up (रिचार्ज) गर्ने गरिएकोमा हाल उपलब्ध गराइएको नयाँ सुविधाबाट कम्पनीका अन्य सेवाको Top Up (रिचार्ज) गर्न समेत थप सहज हुने नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *