सानिमा बैंकको डिजिटल काउन्टर सञ्चालनमा

काठमाडौं । सानिमा बैंक लिमिटेडले आज (मंगलबार) देखि डिजिटल काउन्टर सञ्चालनमा ल्याएको छ ।

अब डिजिटल काउन्टर मार्फत सानिमा बैंकका ग्राहकहरुले चेकबिना नै भुक्तानी प्राप्त गर्न सक्नेछन् । यो सेवा प्रयोग गर्न मोबाइल बैंकिङ्ग एप ‘सानिमा सजिलो ई बैंकिङ्ग’ बाट नक्साल शाखामा रहेको डिजिटल काउन्टरमा गएर QR Code scan गरी भुक्तानी प्राप्त गर्न सकिन्छ ।

ग्राहकले चेकबुक भर्नुपर्ने प्रक्रियाबिना सिधै डिजिटल काउन्टरमा रहेको QR Code scan गरी रकम निकाल्न सकिने हुनाले यो सेवा छिटो, छरितो र सरल रहेको छ । यो सेवा हाल सानिमा बैंकको प्रधान कार्यालय नक्सालबाट सुरु गरिएको र समय अनुसार यो सेवामा थप सुविधाहरु समायोजन गरी विस्तार गरिने निक्षेप व्यवस्थापन प्रमुख बिमल बास्तोलाले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *