पर्सामा सुरक्षाकर्मी, चिकित्सक र कैदीसहित थप ३४ जनामा कोरोना पुष्टि

काठमाडौं । पर्सामा थप ३४ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा सुरक्षाकर्मी, चिकित्सक र कैदीसहित थप ३४ जनामा कोरोना देखिएको हो ।

वीरगन्ज कारागारका ६ जना कैदी, नारायणी अस्पतालका थप एक चिकित्सक र नेपाली सेनाका एक जवान, ३ जना प्रहरीसहित ३४ जनाको कोरोना देखिएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले पुष्टि गरे ।

उनका अनुसार थपिएका संक्रमितमध्ये १ जनाले मात्र पैसा तिरेर परीक्षण गराएका थिए भने अन्य संक्रमित कन्ट्याक्ट ट्रेसिङमा भेटिएका र क्वारेन्टाइनमा बसेकाहरू हुन् । संक्रमित २ वर्षदेखि ६५ वर्षसम्म उमेरका छन् भने २० जना वीरगन्जका मात्रै हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *