विश्वप्रसिद्ध सुनसरीको बराहक्षेत्र धाममा बैकुण्ठ सरोवर बन्दै

धरान । विश्व प्रसिद्ध धार्मीक तिर्थस्थलको रुपमा रहेको सुनसरीको बराहक्षेत्रधाममा पर्यटकिय आकर्षण थपगर्ने योजना अनुसर बैकुण्ठ सरोबरको निर्माण सुरु भएको छ । बराहक्षेत्र मन्दिर क्षेत्रमा तिर्थालुहरुका लागि बैकुण्ठ सरोवरको निर्माण प्रकृया अघि बढाइएसंगै सो निर्माण कार्य समेत सुरु भएको हो ।

सरोवरलाई आकर्षक बनाउन बिचमा बराह भगवानले समुद्रमा डुब्न लागेको पृथ्वीलाई बचाउनु भएको आकृतिको प्रतिमा स्थापित गरिने छ । धर्मशास्त्रमा पानीको महासागरमा डूब्न लागेको पृथ्वीलाई बँदेलको अवतरमा बराह भगवानले रक्षा गरेको उल्लेख छ । बराह क्षेत्रधाममा त्यसैका स्वरुपमा बैकुण्ठ सरोबर निर्माण गर्न लागिएको बराहक्षेत्र संरक्षण मञ्चले जनाएको छ ।

उक्त योजनामा प्रदेश १ सरकारको उद्योग, पर्यटन बन तथा वातावरण मन्त्रालयको पञ्च वर्षीय योजनामा समावेश गरिएको छ । सोही योजना अनुसर सरोवर निर्माण हुन लागेको वराहक्षेत्र संरक्षण मञ्चका सचिब राजु घिमिरेले जानकारी दिए ।

संरक्षण मञ्च मार्फत निर्माण भइरहेको सरोवरमा चालु आर्थिक बर्ष २०७६-७७ मा मन्त्रालयदुवारा विनियोजीत ४० लाख रुपयाको बजेटबाट भूई तल्लाको फाउडेशन उठाउने काम भइरहेको सचिव घिमिरेले बताए । यसअघि सरोवर क्षेत्रलाइ पर्यटन कार्यलय विराटनगरको ७ लाख बिनियोजित रकमबाट घेरबार भने भइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *