पद तथा गोपनियताको शपथ लिँदै सांसद सिटौला

काठमाडौं । सांसद लिलादेवी सिटौलाले आज शपथ ग्रहण लिँदै छिन् ।

संघीय संसद सचिवालयको कृषि समितिको हलमा दिउँसो एक बजे शपथग्रहण कार्यक्रम राखिएको हो ।

समाजवादीकी समानुपातिक तर्फकी सांसद सरिता गिरी कारबाहीमा परेपछि सिटौला निर्वाचित भएकी थिइन् ।
सभामुख अग्निप्रसाद सापकोटाले सिटौलालाई पद तथा गोपनियताको शपथ दिलाउनेछन् ।

राष्ट्रहित विपरीत अभिव्यक्ति दिएको भन्दै गिरीलाई समाजवादी पार्टीले कारबाही गरेको थियो। उनले नेपालले भारतसँग नसोधेर नक्शा जारी गरेको भन्दै संसद् बैठकमै आपत्ति जनाएकी थिइन् ।

त्यसपछि उनको जनस्तरबाटै चर्को आलोचना भएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *