भारतलाई दार्चुलाका प्रजिअको जवाफ : ‘कालापानी-लिम्पियाधुरा हाम्रै हो, आवतजावत स्वभाविक’

२०७७ साउन १४ गते

कालापानी, लिपुलेक, धिम्पियाधुरालगायतका क्षेत्र। फाइल फोटो।
काठमाडौं । कालापानी-लिम्पिुयाधुरा क्षेत्रमा नेपालीलाई प्रवेश नदिनु भन्ने भारतको पत्रको नेपालले जवाफ फर्काएको छ ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाले मंगलबार (हिजो) भारतको धार्चुलाका उपजिल्ला अधिकारीलाई जवाफ फर्काएको हो ।
धार्चुलाबाट गुन्जी, कालापनी, लिम्पियाधुरा क्षेत्रमा नेपाली आवतजावत बढेको र त्यसमा रोक लगाउन भन्दै केही साताअघि धार्चुलाले जिप्रका दार्चुलालाई पत्र पठाएको थियो ।
भारतले पत्र पठाएपछि प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले गृह मन्त्रालयलाई पत्राचार गरेका थिए ।
जिप्रका दार्चुलाले पठाएको पत्रका गुन्जी, कालापानी, लिम्पियाधुरा लगायतका क्षेत्र नेपालकै भू–भाग भएको हुँदा नेपालीहरूको आवतजावत स्वभाविक रहेको उल्लेख छ ।

२०७७ साउन १४ गते
प्रतिक्रिया
सम्बन्धित