नेपाली सेनाद्वारा सशस्त्र प्रहरीलाई ६ सय वटा राइफल हस्तान्तरण
मकालु खबर
२०७७ साउन १४ गते
काठमाडौं । नेपाली सेनाले ६ सय वटा राइफल सशस्त्र प्रहरी बललाई उपलब्ध गराएको छ ।
माओवादी सशस्त्र द्वन्द्वताका भारतबाट ल्याइएका हतियार [इन्सास राइफल] सेनाले सशस्त्र प्रहरीलाई उपलब्ध गराएको हो ।
नेपाली सेनाका तर्फबाट युद्धकार्य महानिर्देशक उपरथी राजेन्द्र कार्कीले सशस्त्र प्रहरी बलका प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) रामशरण पौडेललाई ती हतियार हस्ताक्षरण गरेका हुन् ।
हाल सशस्त्र प्रहरीसँग ७.६३ एमएमको एसएलआर हतियार थियो ।
मकालु खबर
२०७७ साउन १४ गते
प्रतिक्रिया
सम्बन्धित