विद्या तिमिल्सिनाले ल्याइन् तीज गीत ‘माइतीको सम्झना…’ [भिडियोसहित]

काठमाडौं । महिलाहरुको महान चाड हरितालिका तीज नजिकिदै गर्दा तीज विशेष गीत सार्वजनिक हुनेक्रम बढिरहेको छ ।

यसैक्रममा विद्या तिमिल्सिनाको मौलिक तीज गीत ‘माइतीको सम्झना सार्वजनिक भएको छ । विद्या तिमिल्सिना, गायिका राधिका हमाल शोभा थापा र निरुता खत्रीको स्वर रहेको गीत विशेष फिल्मसको युट्यूव च्यानलमार्फत सार्वजनिक भएको हो ।

धनराज वास्तविकको लय तथा शब्द रहेको गीतका एरेञ्जर विजय थापा हुन् । गीतको म्यूजिक भिडियोको निर्देशन अर्जुन विसीले गरेका हुन् भने छायांकन र सम्पादन रन्धिर श्रेष्ठको छ । म्यूजिक भिडियोमा मोडेल कञ्चन खड्का र सुमी तिमिल्सिना, स्टेला बिसी र बिमल ज्ञवालीको अभिनय देख्न सकिन्छ ।

छोरी मान्छे विवाह गरेर पराइ घर जाँदा तीज र अन्य चाडवाडमा आउने माइतीको सम्झनालाई मौलिक शब्दमार्फत गीतमा प्रस्तुत गरिएको छ । साथी सङ्गी र आफन्तको याद, बालापनमा हाँसे खेल र रमाइलो गरेको कुरालाई पनि देशले बोलेको छ ।

अचार मीठो बाँसको तामाको
सम्झनाले सताइ रहन्छ बाबा र आमाको ।।
माइती लिन नआउँदा मन कस्तो ।
पात झरेर रित्तो भाको बरैको रुख जस्तो ।।

गीतमा आफू माइती जान नपाएको एउटी चेलीको कथालाई समेत समावेश गरिएकोले दर्शक स्रोताले मन पराउने अपेक्षा गरिएको गायिका विद्या तिमिल्सिनाले बताइन् । उनले पुरानो भाका र शव्द सहितको मौलिकता गीतमा भएकाले दर्शक र स्रोताका माझमा यो गीत उत्कृष्ट हुने आशा व्यक्त गरिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *