२३ अंकले घट्यो नेप्से, सबै समूह राताम्मे

काठमाडौं । बुधबारको नेप्से परिसूचक २३.३६ अंकले घटेको छ । जुन अघिल्लो दिनको तुलनामा १.६१ प्रतिशतले घटेर १४३१ अंकमा पुगेको छ ।

बजारमा कूल एक अर्ब ६८ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । दिनभर एक सय ८७ कम्पनीको ३८ लाख ३९ हजार ६ सय ७१ कित्ता सेयर सो मात्रामा कारोबार भएको हो ।

दोहोरो अंकले घटेको बजारमा कारोबार आएका सबै समूह राताम्मे देखिएका छन् । जीवन बीमा समूह सबैभन्दा बढी १९० अंकले घटेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *