‘केजिएफ–२’ मा सञ्जयको खतरनाक रुप

काठमाडौं । बहुप्रतिक्षित फिल्म ‘केजिएफ–२’ को नयाँ लुक्स सार्वजनिक भएको छ । अभिनेता सञ्जय दत्तको जन्मदीनको अवसरमा सार्वजनिक गरीएको पोस्टरमा अभिनेता सञ्जय दत्तलाई नै प्रस्तुत गरीएको छ ।

प्रतिक्षित भारतीय सिनेमाको सूचिमा रहेको ‘केजिएफ–२’ अभिनेता संजय दत्त र अभिनेत्री रविना टण्डनका कारण पनि चर्चामा छ । फिल्ममा सञ्जयले खलनायकको भूमिका निर्वाह गरेका छन् ।

उनले फिल्ममा ‘अधिरा’को भूमिका निर्वाह गरेका छन् । यसअघि दुई वर्ष अघि रिलिज भएको ‘केजिएफ’ ले वक्स अफिसमा तहल्का मच्चाएको थियो । सार्वजनिक भएको संजयको यस लुकलाई उनका प्रशंसकहरूले मन पराएका छन् ।

‘केजिएफ–२’ को लुक सार्वजनिक गर्दै अभिनेता संजयले भनेका छन्–‘यस सिनेमामा काम गर्नु एकदमै गर्वको कुरा हो । जन्मदिनमा यो भन्दा राम्रो उपहार के माग्न सक्छु ? फ्यानहरूको माया र साथका लागि धेरैधेरै धन्यवाद’, सञ्जयले इन्स्टाग्राममा फोटो पोस्ट गर्दै लेखेका छन् ।

कन्नड भाषाको हालसम्मकै सर्वाधिक महँगो मानिएको यस सिनेमामा यस र श्रीनिधि शेट्टी प्रमुख भुमिकामा छन् । सिनेमालाई प्रशान्त निलले निर्देशण गरेका हुन् । दुई वर्ष अघि करिब ८० करोड भारूको बजेटमा निर्माण भएको सिनेमाले वक्सअफिसमा २ सय ५० करोड भारू कमाइ गरेको थियो ।

‘केजिएफ–२’ कोरोना कहर शान्त भएमा सिनेमा अक्टुवर २३ मा रिलिज हुने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *