यी हुन लोकप्रिय र सस्तो बाईक तथा स्कुटर, लकडाउनपछि ८ गुणासम्मले बिक्री बढ्यो

काठमाडौं । लकडाउनपछि बाईक र स्कुटर बिक्रीको अनुपातमा वृद्धि भएको छ । कोरोनाले थला परेको अटोमोवाइल क्षेत्रको व्यापारमा उल्लेखनीय वृद्धि हुन थालेको छ । लकडाउनभन्दा पहिले १५\२० वटा बाईक तथा स्कुटर बिक्री गर्ने कम्पनीहरुले अहिले ५० देखि ६० वटा बाईक ताथ स्कुटर बिक्री भइरहेको बताउँछन् । लकडाउन खुकुलो हुँदै जाँदा नै बाइक र स्कुटरको बिक्री बढेको थियो ।

सरकारले लकडाउन हटाए पनि सर्वासाधारणहरुले आफ्नो सुरक्षाको लागि बाईक र स्कुटर किन्न थालेका हुन । सर्वाजनिक यातायातका साधानमा सुरक्षा काम हुने र बाइक तथा स्कुटर बिक्रेता कम्पनीले विषेश अफर ल्याएको कारणले पनि बिक्री बढेको हो ।

सार्वजनिक सवारीसाधान खुल्ला भएपनि भीडभाडका कारण संक्रमण फैलिन सक्ने जोखिम बढी हुने भन्दै सर्वसाधारणले दुई पांग्रे सवारी साधनको खरिदलाई उच्च प्राथमिकतामा राखेका छन् । दुई पांग्रे सवारी साधन सस्तो र सहज हुने भएकोले यसको विक्री बढेको बिक्रेताहरुको भनाइ छ ।

टीभीएस मोटरसाइकल तथा स्कुटरको नेपाली विक्रेता जगदम्बा मोटर्सले दिएको जानकारी अनुसार खरिदमा वृद्धि आएको हो । सामान्य अवस्थामा दैनिक २० वटा जति मोटरसाइकल र स्कुटर विक्री हुने गरेकोमा अहिले दैनिक ७०/८० वटासम्म विक्री हुने गरेको कम्पनीका सेल्स हेड दीपक रौनियारले बताए ।

एन्टक सेरीजको रेएडीसन, एन्टक डिक्स र एन्टक ड्रम स्कुटरको माग प्रतिदिन ८० वटासम्म रहेको कम्पनीले जानकारी दिएको छ ।  टिभीएको मोटरसाइकल मध्ये लकडाउनपछि सबैभन्दा धेरै अपाचे मोटरसाइकलको विक्री धेरै रहेको कम्पनीको भनाइ छ । सामान्य अवस्था दैनिक १५ वटा अपाचे मोटरसाइकल विक्री हुने गरेकोमा अहिले दैनिक ३५ वटासम्म विक्री भइरहेको कम्पनीको भनाइ छ ।

होन्डा ब्राण्डका मोटरसाइकल र स्कुटको विक्री पनि बढेको छ । होण्डाको डीयो स्कुटर नै कलडाउन पछिको समयमा धेरै विक्री भएकोे होन्डाको विक्रेता स्याकार कम्पनीले जनकारी दिएको छ । डीयो स्कुटरको विक्री ६० प्रतिशतले बढेको कम्पनीको भनाइ छ ।

ब्राण्ड हिरोका बाईक  तथा स्कुटरको पनि लकडाउनपछि बिक्रीमा वृद्धि भएको छ । हिरोको एसपल्स २०० सीसी र एस पल्स २०० टी बाइको विक्री बढेको छ । अहिले दैनिक २० वटासम्म बाइक र स्कुटर विक्री भइरहेको विक्रेता कम्पनीले जानकारी दिएको छ । हिरोको स्कुटरमध्ये प्लेजर प्लस ११० सीसी र डिस्टीनी १२५ सीसीको स्कुटरको माग बढी रहेको कम्पनीले जानकारी दिएको छ ।

सुजुकी मोटरसाइकलको बिक्रेता कम्पनी भिजी सुजुकीले विक्री गर्दै आएको बाइकहरुमध्ये जिक्सर बाइक सबैभन्दा धेरै विक्री भैरहेको छ । सो बाइक दैनिक ३० वटासम्म विक्री हुने गरेको कम्पनीको भनाइ छ । लकडाउनभन्दा पहिले प्रतिदिन १५-२० वटासम्म बिक्री हुने गरेको कम्पनीले बताएको छ ।

सुजुकीको स्कुटरमा सबैभन्दा धेरै वर्गम्यान स्कुटर विक्री भएको छ । कम्पनीका अनुसार दैनिक २० वटा स्कुटर विक्री हुने गरेकाे छ । लकडाउनपछि व्यापारमा वृद्धि भएको कम्पनीले जानकारी दिएको छ ।

रनर बाइकको पनि बिक्री वृद्धि भएको छ । लकडाउन पछि रनरको सबैभन्दा रुचाइएको रनर हक २०० सीसीको बाइक र काइट्प्लस स्कुटरको बिक्रीमा वृद्धि आएको कम्पनीका म्यानेजर सन्तोष न्यौपानेले बताए । कलडाउनपछि २० प्रतिशत बिक्री बढेको कम्पनीले जानकारी दिएको छ ।

यस्तो छ बाइक र स्कुटर धेरै बिक्री हुनुको कारण

दुई पांग्रे सवारी साधनको आधिकारिक नेपाली विक्रेताले आकर्षक योजना ल्याएका छन् । यस्ता योजनामा एक रुपैयाँ पनि डाउनपेमेन्ट नगरी बाइक किन्न पाइने स्कीमसम्म छन् । लकडाउनपछि विक्रेताहरुले आक्रामक ढंगले बजार विस्तारमा लागेका छन् ।

टीभीएसका बाइकको मासिक ९९ रुपैयाँ किस्तामा टीभीएसका मोटरसाइकल तथा स्कुटर खरिद गर्न चाहने ग्राहकलाई कम्पनीले सजिलो फाइनान्स सुविधा सहितको स्कीम ल्याएको छ । कम्पनीले नगद रकम तिरेर मोटरसाइकल किन्नेलाई १२ हजार र स्कुटर किन्नेलाई १० हजार रुपैयाँ नगद छुटको योजना ल्याएको छ । डाउन पेमन्ट नगरी किन्न पाइने र कर्जाको व्याज तिर्नु नपर्ने जस्ता योजना छन् ।

होन्डाका बाइक किन्दा १ रुपैयाँ डाउन पेमेन्ट, १ रुपैयाँ मासिक किस्ता र १ प्रतिशत व्याजको अफर गरेको छ ।

सुजुकीको मोटरसाइकल तथा स्कुटरमा १५ हजार रुपैयाँ छुटको अफर ल्याएको छ । ‘उतार चडाव आइरहन्छ, सुजुकीको साथ रहिरहन्छ’ नाराका साथ नयाँ योजना सार्वजनिक गरेको छ । कम्पनीका अनुसार ग्राहकले नगद, एक्सचेन्ज र फाइनान्स जसरी मोटरसाइकल किनेपनि नगद १५ हजार रुपैयाँ छुट प्राप्त गर्नेछन् ।

रनरको बाइक किन्दा १५ हजार र स्कुटर खरिदमा १२ हजार छुट दिएको छ । रनरको रनर हक २०० सीसीको बाइका अफरोड बाइक पनि हो । त्यसैले पनि रनरको बाइकमा आकर्षण धेरै भएको कम्पनीले बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *