हलिउड चलचित्र टेनेट अगष्ट २६ मा रिलिज हुँदै

काठमाडौँ । हलिउड चलचित्र ‘टेनेट’ अगष्ट २६ देखि अन्तराष्ट्रिय बजारमा रिलिज हुने भएकाे छ ।

यो चलचित्र काेराेना महामारीपछि अमेरिकी हलमा रिलिज हुने पहिलो ठूलो बजेटको हलिउड चलचित्र हो । वार्नर स्टुडियोले चलचित्र जापान, रुस, अष्ट्रेलिया, क्यानडा र युरोपिन देशहरु गरि ७० देशमा एकैचोटि रिलिज हुने जानकारी दिएको छ । २०० मिलियन डलर लगानी रहेको यस थ्रिलर फिल्म अमेरिकामा भने तीन हप्तापछि अर्थात् ३ सेप्टेम्बरमा रिलिज हुँदैछ ।

१७ जुलाईमा रिलिज मिति तोकिएको यस फिल्मको रिलिज मिति धेरैपटक हेरफेर भइसकेकाे छ । क्रिस्टोफर नोलनको निर्देशन रहको यस चलचित्रमा जोन डेभिड वासिङटोन, रोबर्ट प्याटिनसन, एलिजाबेथ डेबिकी, डिम्पल कपाडिया लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *