सुशान्त आत्महत्या प्रकरणमा नयाँ माेड, यी ७ प्रश्नकाे छानविन गर्न माग गर्दै पीताले दिए रियाविरुद्ध उजुरी

काठमाडौं । बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या प्रकरणले नयाँ मोड लिएको छ । सुशान्तको मृत्यु भएको झन्डैँ डेढ महिनापछि उनका पिता कृष्ण किशोर सिंह (केके) ले सुशान्तकी प्रेमिका रिया चक्रवर्ती र उनको परिवार विरुद्ध  पटनाको राजीवनगर पुलिस स्टेशनमा उजुरी दिएका छन् ।

केके सिंहले रियासहित उनको परिवारका सदस्य इन्द्रजित चक्रवर्ती, सन्ध्या चक्रवर्ती साथीहरु स्यामियल मिरण्डा र श्रुती मोदी कुल पाँच जना विरुद्ध ‘धोका, बेइमानी, बन्धक बनाउने र आत्महत्या गर्न प्रेरित’ गरेको आरोपमा उजुरी दिएका हुन् । उनले १५ जुलाई साँझको ६ः३० बजे उजुरी दर्ता गराएका थिए ।

उजुरीमा केके सिंहले भनेका छन्, ‘मेरो छोरा सुशान्त २०१९ मे महिनासम्म अभिनय दुनियाँको उचाईमा थियो । साे समय रिया चक्रवर्ती नामकी एक युवतीले उसको परिवार र साथीहरुसहित योजनावद्ध रुपमा सुशान्तसँग घुलमिल बढाउन लागिन्, जहाँबाट सुशान्तको राम्रो सम्पर्कको फाइदा उठाउँदै अभिनय जगतमा आफूलाई स्थापित गर्न सकियोस् । र सुशान्तको करोडौँ रुपैयाँ आफ्नो हात पार्न सकियोस् ।’

उनले यो षडयन्त्रको बाटो हुँदै रिया र उनको परिवार इन्द्रजित चक्रवर्ती, सन्ध्या चक्रवर्ती र सेविक चक्रवर्ती आफ्नो छोराको नजिक भइसकेकाे र उनीहरूले सुशान्तकाे हरेक काममा हस्तक्षेप गर्न लागेकाे पनि आरोप लगाएका छन् ।

‘यही बिच मेरो छोरा जुन घरमा बस्थ्यो, त्यो घरमा भूतप्रेत छ भनेर त्यहाँबाट निकालिदिए । यो कुराको प्रभाव मेरो छोराको दिमागमा पर्यो । त्यहाँबाट मेरो छोरालाई मुम्बई इएरपोर्टको नजिक एक रिसोर्टमा पुर्याइयो । जहाँ रिया र उनको परिवार धेरै दिनसम्म सुशान्तसँगै बसे । त्यसपछि मेरो छोरालाई सबैले पटक/पटक भन्न थाले, -तिमिलाई दिमागको समस्या छ । त्यसैले कुनै राम्रो अस्पतालमा उपचार गराउ’, उनले उजुरीमा लेखेका छन् ।

केके सिंहले  ‘त्यसपछि उपचारको बहानामा रियाले सुशान्तलाई मुम्बईस्थित आफ्नो घरमा लिएर गईन । त्यहाँ सुशान्तलाई ओभरडोज औषधि खुवाइन् । बाहिर सुशान्तलाई डेंगु भएको हल्ला फिजाइन्’ भनेका छन् ।

त्यस्तै उनले रियाले आफ्नो साथी स्यामियल मिरण्डाको परिचय पत्रबाट सुशान्तको लागि नयाँ नम्बर झिकिदिएकाे र त्यहि नम्बरमा कहिले काहिँ कुरा हुने गरेकाे बताए । सुशान्तले भन्थ्याे, ‘यिनीहरु मलाई पागलखाना पुर्याउन चाहन्छन् तर मैले केही गर्न सकिरहेको छैन ।’

पिता सिंहले भनेका छन्-  ‘बैंक ब्यालेन्स सबै रियाको कब्जामा भएपछि सुशान्त सिनेमा लाइन छोडेर कुर्ग, केरलमा अर्ग्यानिक खेति गर्न चाहन्थ्यो । उसको साथि महेश कुर्ग जानलाई तयार थियो । तर रियाले यस कुराको विरोध गर्दै धम्कि दिइन्- तिमी कहीँ जाने छैनौ । यदि मेरो कुरा मानेनौँ भने म मिडियामा तिम्रो सबै मेडिकल रिपोर्ट सार्वजनिक गरिदिन्छु । सबैलाई भनिदिन्छु कि तिमि पागल भैसक्यौ ।

सुशान्तले रियाको धम्कि नमानेपछि रियालाई लाग्यो अब यो सँग बैंक ब्यालेन्स पनि छैन । योसँग बसेर के गर्नु । अब यो मेरो कामको छैन । सुशान्तसँगै बसिरहेकी रिया सुशान्तका सम्पूर्ण सामानहरु रुपैयाँ, जेब्रा, ल्यापटप, पासपोर्ट, क्रेडिड कार्ड, जसको पिन नम्बर, सुशान्तका आवश्यक कागजात, उपचारको रिपोर्टसमेत बोकेर ८ जुन २०२० मा घर छोडेर निक्लिइन् ।’

उजुरीमा के-के सिंहले सुशान्तको आत्महत्यालाई लिएर ७ प्रश्नको छानविन हुनुपर्ने पनि माग गरेका छन्:

१) साल २०१९ सम्म मेरो छोरालाई कुनै दिमागी समस्या थिएन । रिया आएपछि आखिर त्यस्तो के भयो ?
२) यदि ऊ दिमागको बिमारीसँग लडिरहेको थियो भने उसले यो सबै कुरा परिवारलाई किन बताएन ?
३) यसैबिच सुशान्तलाई रियाले कुन/कुन डाक्टरसँग उपचार गराइन् ? के ति डाक्टरहरु पनि रियाको षडयन्त्र बमाेजिम थिए ? तिनीहरुले सुशान्तलाई कुन/कुन औषधि खुवाएका थिए ?
४) यदि सुशान्तको दिमागी हालत ठिक थिएन भने रियाले उसको पुरा उपचार किन गरिनन् ? उनको सम्पूर्ण मेडिकल रिपोर्ट लिएर जानु, सबैसँगको सम्पर्क तोड्नु र यस्तो हालतमा पनि उसलाई एक्लै छोडेर जानुलाई के भन्ने ?
५) मेरो छोराको बैंक अकाउन्टमा १७ करोड रुपैयाँ थियो । एक वर्षको बीचमा त्यहाँबाट १५ करोड रुपैयाँ अन्य अकाउन्टमा ट्रान्सफर गरिएको छ । जुन अकाउन्टसँग मेरो छोराको कुनै सरोकार छैन । त्यो पैसा कहाँ र कसले लियो ?
६) यो भन्दा पहिलो सुशान्तको हातमा सिनेमाको कमि थिएन । तर रिया आएपछि उसको हात खाली भयो । यसको कारण के हो ?
७) कुर्गमा अर्ग्यानिक खेति गर्न जान नदिनु, आफ्नो कुरा नमाने मिडियामा सुशान्त पागल हो भनेर इज्जत गर्ने जस्ता धम्कि किन दिइएको हो ? यस विषयमा पनि छानविन हुनुपर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *