भारतमा कोरोनाको अर्को रेकर्डः एकैदिन थपिए ५२ हजार बढी संक्रमित, ७७५ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा भारतमा ५२ हजार १२३ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७७५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

योसँगै त्यहाँ कोरोना संक्रमितको संख्या १५ लाख ८३ हजार ७९२ पुगेको छ भने हालसम्म कोरोना संक्रमणबाट ३४ हजार ९६८ जनाको मृत्यु भइसकेको छ । संक्रमितमध्ये १० लाख २० हजार ५८२ जना निको भइसकेका छन् भने ५ लाख २८ हजार २४२ सक्रिय संक्रमित छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार देशभर अहिलेसम्म कुल १ करोड ८१ लाख ९० हजार ३८२ परीक्षण भएको छ । २९ जुलाईसम्म ४ लाख ४६ हजार ६४२ जनाको परीक्षण भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *