मापदण्ड पूरा गर्दै आजदेखि होटल खुल्ने

२०७७ साउन १५ गते

फाइल फाेटाे
काठमाडौं । ४ महिना देखि बन्द भएका देशभरिका होटल तथा रेष्टुरेन्ट बिहीबारबाट खुल्ने भएका छन् । सरकारले साउन १५ देखि तोकेका मापदण्ड पूरा गरेर होटल व्यवसाय खोल्न अनुमति दिने निर्णय गरेअनुसार आजदेखि खुल्ने भएको हो ।
लकडाउन तथा बन्द अवधिको सेवा सुविधासम्बन्धी केही समयअघिमात्र व्यवसायी र मजदुरका संगठनबीच सम्झौता भएको थियो । सरकारले आजदेखि खोल्न अनुमति दिए पनि पूरा क्षमतामा भने होटल खुल्ने छैनन् । व्यवसायीहरूका अनुसार ग्राहकको मागअनुसारमात्र खुल्ने छन् ।
अहिले व्यापार तथा नाफाभन्दा पनि व्यवसाय गर्ने वातावरण सहज बनाउने सन्देश दिन मात्रै व्यवसाय सञ्चालन शुरू गरिएको व्यवसायीले बताएका छन् ।

२०७७ साउन १५ गते
प्रतिक्रिया
सम्बन्धित