कोरोना संक्रमण युवातिर सर्दैछ : विश्व स्वास्थ्य संगठन

एजेन्सी । विश्व स्वास्थ्य संगठनले नोवेल कोरोना भाइरस (कोभिड १९)को संक्रमण युवा वर्गमा बढ्दै गएको बताएको छ ।

यूरोपका लागि संगठनका निर्देशक डाक्टर ह्यास्न क्लुजले स्वास्थ्य अधिकारीका अनुसार कोरोना संक्रमण युवामा बढी देखिने थालेको बीबीसीसँग बताएका हुन् ।

डाक्टर ह्यान्सले बीबीसी टुडे कार्यक्रममा भने, “अब महामारीसम्बन्धी तथ्यांक अलि फरक देखिएको छ । अहिल्यै नै यसको पुष्टि गर्ने पर्याप्त प्रमाण त प्राप्त भइसकेको छैन तर हामीलाई प्रशासन र स्वास्थ्य अधिकारीबाट जुन रिपोर्ट प्राप्त भइरहेका छन् । त्यसअनुसार अहिले बढिरहेको कोरोना संक्रमितमा युवा बढी देखिएका छन् ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *