तीज गीत ‘मान्देऊ न शिवजी’ मा अस्मिताको हट अवतार

काठमाडौं । पछिल्लो समय मौलिक किसिमका तीज गीतहरु बजारमा आउन छोडेका छन् । त्यस्तै रेस्लर गायिका अस्मिता जुरेलीले पनि अलिक फरक किसिमको तीज गीत बजारमा ल्याएकी छन् । अस्मिताले ल्याएको ‘मान्देऊ न शिवजी’ बोलको गीतको भिडियोमा गायिका जुरेली आफैँ निकै हट अवतारमा प्रस्तुत भएकी छन् ।

शिवम अधिकारीको शब्द र ओम सुनारको संगीत रहेको भिडियोमा अस्मिता जुरेली, दुर्गेश थापा, लोमोस शर्मा, अर्जुन गौतम, रविन हुड सेन, नरेशवीर सिंह, रमेश थापा, समिर खान, दिनेश कठायत, प्रेम खड्का, रविन प्ररब सेन, ध्रुव हिमाली, विश्व केसी, इश्वरी नेपाली, द हिमालयन टाइगर र भगवती खड्काको अभिनय देख्न सकिन्छ । भिडियोमा नवराज उप्रेतीको छायांकन, समिर मियाँको सम्पादन र रंगसंयोजन तथा शिव विकको कोरियोग्राफी र निर्देशन रहेको छ ।

भिडियोः

https://youtu.be/mmbnUK5FCXo?t=3

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *