संयुक्त राष्ट्रसंघमा नेपालको नयाँ नक्सा

काठमाडौं । कालापानी, लिपुलेक र लिम्पियाधुरा समावेश भएको नक्साले देश–विदेशमा तरंग पैदा गरिरहेको बेला नक्साको अंग्रेजी संस्करण प्रकाशन गरी बिदेश पठाइने भएको छ ।

त्यसका लागि नेपाली सेना र नापी विभागका प्रतिनिधि सहितको एउटा कार्यदल बनिसकेको छ । आइबीएस सफ्टवेयरलाई पनि यो सिलसिलामा जोड्ने तयारी भएको छ ।

नेपाल सरकारका तर्फबाट नयाँ नक्सा संयुक्त राष्ट्रसंघ मुख्यालय न्यूयोर्कमा चिठीसहित गएको दुई साता भइसकेको छ । यसबाहेक सोही नक्सालाई विदेशस्थित नेपालका विभिन्न कूटनीतिक नियोगमा पठाइँदैछ ।

वेभ सर्च इञ्जिन गुगलले आफूखुशी चुच्चोसहितको नक्सा आफ्नो नयाँ संस्करणमा समावेश गरेको छ । तर, नेपाल सरकारको तर्फबाट गूगललाई अलग्गै चिठी लेखेर आधिकारिक रुपमै नक्सा पठाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *