गण्डकी प्रदेशका थप ३८ जनामा कोरोना पुष्टि

काठमाडौं । गण्डकी प्रदेश काेराेना भाइरस (काेभिड १९) संक्रमितकाे संख्या १ हजार ४७९ पुगेकाे छ । आज (बिहीबार) थप ३८ जनामा काेराेना संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या १ हजार ४७९ पुगेकाे हाे ।

कास्कीका १४, स्याङ्जाका ११, बागलुङका ६ तनहुँका ३, लम्जुङका ३ र नवलपरासी पूर्वका १ जनामा संक्रमण पुष्टि भएकाे  गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएकाे छ । स्वास्थ्य निर्देशनालयका अनुसार संक्रमितहरु १५ देखि ४० वर्ष उमेर समूहका छन् । सबैकाे स्वास्थ्य अवस्था सामान्य छ ।

गण्डकी प्रदेशका संक्रमितमध्ये १ हजार २३० जना डिस्चार्ज भइसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *