डा. डिआर उपाध्यायको ‘छक्कै परेँ’ मा सराेज र आश्मा (भिडियाेसहित)

काठमाडौं । गीतकार डा. डिआर उपाध्यायको शब्द रहेकाे नयाँ गीत ‘छक्कै परेँ’ बजारमा आएको छ । डिआर म्युजिक एन्ड क्रियशन युट्युब च्यानलबाट बुधबार बजारमा आएको हाे ।

विष्णु भट्ट र बिना भट्टराईको स्वर रहेको सो गीतमा गायक विष्णु भट्टकै संगीत रहेकाे छ । ठेट नेपाली शब्दहरुको प्रयोग गरि  रोमान्टिक शैलीमा निर्माण गरिएकाे उक्त गीतमा कार्टुन क्रु जोडी सरोज अधिकारी र आश्मा विश्वकर्माको नृत्य रहेको छ ।

गीतको भिडियो निर्देशन माईकल चन्दले गरेका छन् । भिडियोमा उत्सव दाहालको छायाँकन रहेकाे छ भने सिलन लम्सालको सम्पादन रहेको छ ।

हेर्नुहाेस् भिडियाेः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *