चिनी अभाव हुन नदिन सरकारले भन्सार छुट दिने

काठमाडौं । सरकारले चिनी अभाव हुन नदिन ३० हजार मेट्रिक टन चिनी ५० प्रतिशत भन्सार छुटमा ल्याउन दिने भएको छ । मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । सरकारका प्रवक्ता तथा अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले भन्सार छुट दिने बताएका हुन ।

सरकारले खाद्य व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कम्पनीको लागि उक्त अनुमति प्रदान गरेको हो । चाड पर्वको समयमा मूल्य उच्च हुने भएकोले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको आग्रहमा अर्थ मन्त्रालयले उक्त प्रस्ताव मन्त्रिपरिषदमा पुर्याएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *