नारायणगढ–मुग्लिन सडक प्रयोग गरे बापत दस्तुर तिर्नुपर्ने, कुन सवारीको कति ?
मकालु खबर
२०७७ साउन १५ गते
काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड प्रयोग गरेबापत दस्तुर तिर्नुपर्ने भएको छ । नारायणगण–मुग्लिन सडकखण्ड प्रयोग गरेबापत २ प्रकारको दस्तुर लिने निर्णय गरेको छ ।
सडक खण्ड प्रयोग गरेबापत हलुका सवारी साधनको लागि प्रतिटिप २५ रुपैयाँ भारी सवारी साधनको लागि ५५ रुपैयाँ उपभोग दस्तुर लिने निर्णय भएको सरकारका प्रवक्ता डा युवराज खतिवडाले बताए ।
मर्मत सम्भार गर्न स्रोतको अभाव नहोस् भन्नको लागि सडक मर्मतसम्भार दस्तुर लिने चलन भएकोले नारायण–मुग्लिन सडकखण्ड प्रयोग गरेबापत उपभोग दस्तुर संकलन गर्न स्वीकृति दिने निर्णय भएको छ ।
मकालु खबर
२०७७ साउन १५ गते
प्रतिक्रिया
सम्बन्धित