विभिन्न आयोग तथा मन्त्रालयका लागि ठूलो संख्यामा अस्थायी दरबन्दी स्वीकृत

काठमाडौं । सरकारले विभिन्न मन्त्रालय तथा आयोगका लागि ठूलो संख्यामा अस्थायी कर्मचारी दरबन्दी स्वीकृत गरेको छ । गत असार १३ गते बसेको मन्त्रिपरिषद् बैठकले अस्थायी कर्मचारी दरबन्दी स्वीकृत गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए ।

सरकारले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा चिकित्सा शिक्षा आयोग र शिक्षा मन्त्रालय अन्तर्गतका समितिका लागि ६४ वटा राजपत्राङ्कित अस्थायी पदहरु खोल्ने निर्णय गरेको छ । त्यस्तै कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको प्रस्तावमा सत्य निरूपण तथा मेलमिलाप आयोगको केन्द्रीय कार्यालयका लागि ३५ जना कर्मचारीको दरबन्दी स्वीकृत भएको छ।

यस्तैगरी आयोगकै मुकाम कार्यालयका लागि २१ जना र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका लागि २३ जना कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय भएको छ ।

कृषि मन्त्रालयका दुई प्रस्ताव स्वीकृत गर्दै मन्त्रिपरिषदले १९ वटा दरबन्दी सिर्जना गरेको छ । मन्त्रालयकै विभिन्न आयोजनाका लागि २ सय २० वटा राजपत्राङ्कित पद स्वीकृत गरिएको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *