मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

विद्यालयमा बनाइएका क्वारेन्टिन र आइसोलेसन हटाएर कक्षा सञ्चालन गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले विद्यालयमा रहेका क्वारेन्टिन र आइसोलेसन हटाउने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अध्ययन–अध्यापन सुचारु गर्नका लागि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा विद्यालय भवन र परिसरमा भएका क्वारेन्टिन र आइसोलेसन हटाउने निर्णय गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए ।

अर्थ एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहेका डा. खतिवडाका अनुसार यसअघि क्वारेन्टिन र आइसोलेन बनाइएका विद्यालयलाई सम्बन्धित पालिकाले पूर्णरुपमा निर्मलीकरण गर्नुपर्नेछ ।

यस्तै शैक्षिक सत्र २०७६/७७ को नतिजा प्रकाशन गर्ने, भदौ १ गतेदेखि विद्यार्थी भर्ना गरेर कक्षागत रुपमा विवरण यकिन गर्ने, पाठ्यपुस्तक वितरण गर्ने पनि मन्त्रिपरिषद् बैठकले निर्णय गरेकाे छ । त्यस्तै शिक्षकहरू पनि साउन मसान्तभित्र विद्यालय पुगिसक्नुपर्ने छ ।

प्रतिकृयाहरु
Loading...