लकडाउनको घरभाडा उठाउन नपाइने

काठमाडौं । लकडाउन अवधिभरको घरभाडा उठाउन नपाइने भएको छ । सर्वोच्च अदालतले कोरोना महामारीका कारण सरकारले गरेको लकडाउन अवधिको घरभाडा तत्काल नउठाउन आदेश गरेको हो । सर्वोच्चले बिहीबार सो आदेश दिएको हो ।

सर्वोच्चले यसअघि २०७७ असार २४ गते सरकारको नाममा कारण देखाउ आदेश जारी गरेको थियो । सर्वोच्चले घर भाडा तिर्न नसक्ने वर्गका मानिस, दैनिक श्रम गरिरहेका व्यक्तिहरुको बारेमा सरकारसँग लिखित जवाफ माग गर्दै त्यस्तो आदेश जारी गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *