दरबारमार्ग वृत्तबाट हटाईए डीएसपी रन्जन दाहाल

काठमाडौं । दरबारमार्ग वृतका डीएसपी रन्जन दाहाल सो वृत्तबाट हटाई प्रहरी प्रशिक्षण (एकेडेमी) मा तानिएका छन्।

डीएसपी दाहाल नेतृत्वको टोलीले मंगलबार कमलपोखरीबाट १५ किलो सुन बरामद गरेको समाचार आएको थियो । तर चेकजाँचका क्रममा साढे १४ केजी सुन नक्कली परेको पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको थियो ।

सुन भनेर हल्ला फैलाइएको उक्त वस्तु चाँदी भएको पत्ता लागेपछि घटना झनै संकास्पद बनेको थियो । घटना संकास्पद भएको भन्दै प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) सुशीलकुमार यादवको संयोजकत्वमा छानबिन समिति गठन गरिएको छ । तर सो क्षेत्रको सीसीटीभी फुटेजमा भने त्यस्तो कुनै घटना नभएको देखिएको बताइएको छ ।

प्रहरीले गाडीबाट फालिएको झोलामा धातु र हतियार बरामद भएको बताए पनि सीसीटीभी फुटेजमा भने फालेको नभई गाडीमा सवार व्यक्तिले प्रहरीलाई झोला दिएको खुलासा भएको श्रोतले जानकारी दियो ।

उक्त घटनामा संलग्न रहेको आरोपमा अपराध महाशाखाको समन्वयमा जिप्रका नवलपरासी पूर्वले तीन जनालाई पक्राउ गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *