एसबिआई बैंकका ग्राहकलाई चिरायु हस्पिटलमा १५ प्रतिशत छुट

काठमाडौं । चिरायु नेसनल हस्पिटलले एसबिआई बैंकका ग्राहकलाई स्वास्थ्य सेवामा १५ प्रतिशतसम्म छुट दिने भएको छ ।

नेपाल एसबिआइ बैंक र चिरायु नेसनल हस्पिटलबीच बैंकका भिसा कार्डबाहकलाई कार्य प्रयोग गरेवापत हस्पिटल सेवामा १५ प्रतिशतसम्मको छुट प्रदान गर्ने सम्झौता भएको हो ।

बैंकका प्रमुख व्यवसाय प्रवरद्धन अधिकृत छपिराज पन्त तथा चिरायु हस्पिटलका निर्देशक संजिव राजभण्डारीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार बैंकका ग्राहकहरुले परिचयपत्रसहित कार्ड प्रयोग गर्दा लिने निश्चित सुविधामा उक्त छुट प्राप्त गर्नसक्ने बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *