अश्लिल भिडियो बनाएको आरोपमा झापाका युवक दक्षिण कोरियामा पक्राउ

काठमाडौं । दक्षिण कोरियामा साइवर अपराध कसुरमा एक नेपाली युवक पक्राउ परेका छन् । केही दिन अगाडि एउटा अश्लिल भिडियो कोरियामा भाइरल भएको थियो ।

तीन फरक फरक दृश्य जोडेर एउटै बनाइएको उक्त भिडियोमा दुई युवतीहरु फोनमा बोलिरहेको संवाद सम्पादन गरेर राखिएको पुष्टि भएपछि उनलाई यसान प्रहरी कार्यालयले पक्राउ गरेको हो । एकाएक सामाजिक संजालमा आफूहरु बोलिरहेको अडियो अश्लिल दृश्यमा आएपछि चरित्रहत्या गर्न खोजिएको भन्दै पीडित युवतीले आफन्तको सहयोगमा प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।

फोनमा बोलिरहेकी युवतीसँगै रहेका साथीहरुको बयानका क्रममा अडियो संवाद रेकर्ड गर्ने युवती र अश्लिल भिडियोमा उक्त आवाज सम्पादन गर्ने उनका साथीलाइ पक्राउ गरिएको हो । युवतीलाई ११ लाख वन जरिवाना तिराएर छोडिएपनि युवकलाई कानुन अनुसार कारवाही गरिने यसान प्रहरीले जनाएको छ । झापा घर भई वितत २ बर्ष देखि ह्वासङ क्षेत्रमा कार्यरत युवक अहिले प्रहरी हिरासतमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *