‘अमर रहिरहुन्’ बडाकाजी अमरसिंह थापा !

काठमाडौं । ‘म बाघको डमरु हुँ मलाई सिनो खाने कुकुर नसम्झ’ ! दुई सय चार वर्षअघि भएको नेपाल-अंग्रेज युद्धमा बडाकाजी अमरसिंह थापाले अंग्रेज सेनानायकलाई फर्काएको जवाफ हो यो । अंग्रेज सेनानायक ब्रिगेडियर जनरल डेभिड अक्टोरलोनीले जति भन्छौ, त्यति धन, सम्पत्ति र पद पनि दिन्छु, लडाइँ गर्न छाडेर आत्म-सर्मपण गर भन्दा आत्मसर्मपण गर्नुको साटो ‘म बाघको डमरु हुँ, मलाई सिनो खाने कुकुर नसम्झ’ भन्दै बडाकाजी अमरसिंह थापाले डटेर युद्ध गरे ।

नेपाल राष्ट्र एकीकरण गर्न, जोगाउन, संरक्षण गर्न, विखण्डनबाट रोक्न, राजा, सरकार र जनता सबैले प्रयास गरेको कुरा इतिहास साक्षी छ । आधुनिक नेपालका निर्माणका सुरुवात शाहवंशबाट नै भएको थियो । पूर्वमा टिष्टा र पश्चिममा काँगडासम्म सीमा पुर्‍याउन नेपाली वीरवीरंगनाहरूको अथक प्रयास र योगदानले सम्भव भएको हो । योगदान गर्ने व्यक्ति विरलै पाइन्छन् । ती व्यक्तिहरूमध्ये बडाकाजी अमरसिंह थापा पनि एक निर्भीक योद्धा हुन् ।

अमरसिंह थापाले आफूलाई इमानदार, कुशल, साहसी, निर्भीक योद्धा, वीर पुरुषको रूपमा नेपालको मात्र नभई विश्वसामु स्थापित गराएका छन् । उनलाई किताबी पानामा मात्र सीमित गर्दा इतिहासकार र इतिहासका अध्यताले मात्र जानकारी पाउनेछन् । उनले गरेका कामको प्रतिफल त सबै वर्ग र तप्काका जनताले देखेका र पाएका छन् । तर त्यो कुरा सबैका नजरमा हुने गरी इतिहासको इतिहास राख्नुपर्ने आवश्यकता छ । यी कुरा आज ओझेलमा पर्दै गएका छन् । राष्ट्रिय विभूति राष्ट्रको चासो र सरोकारसँग जोडिएको विषय भएकोले राष्ट्रले कुनै पनि हालतमा यस्ता विभूतिलाई बिर्सनु हुँदैन ।

पढ्ने इतिहासभन्दा देखिने इतिहास आजको आवश्यकता भएको कुरा राष्ट्रिय विभूतिले नै बनाएका र बनाउन लगाएका किल्ला, गढी, मठ(मन्दिर, देवल, शतल आदिबाट स्पष्ट हुन्छ । आफ्नो बाबुको मृत्युपछि आठ वर्षको उमेरदेखि नै सैनिक तालिम प्राप्त गर्ने, जन्मजात देश र जनताको लागि मरिमेट्ने सिपाही अमरसिंह थापा हुन् । तिनलाई हामीले राष्ट्रिय विभूतिको रूपमा पाएका छौं र जो आजसम्म अमर छन् । अमरसिंहको नाम र काम नै अमर भएकोले उनी युगौं अमर नै रहिरहनुपर्छ । अमरसिंह थापा इतिहास बनाउन मात्र लागेनन् ।

अमरसिंह थापाले १७ वर्षको कलिलो उमेरमा नै कान्तिपुर विजय गरेपछि सरदार पद पाए । उनले अझ बढी जिम्मेवारीपूर्वक कार्य गरे । त्यो जिम्मेवारी पूरा गर्न ४८ वर्षसम्म राष्ट्रको सेवा गरे । आफ्नो ६५ वर्षगाँठसम्म उनले सारा तन, मन देश र जनताप्रति लगाए । उनको अधिकांश जीवन सैनिक सेवामा बित्यो । उनले देश बाहिरका फौजीसँग लड्नु परेको थियो ।

पहिले एकीकरण नगरेको भए र अमरसिंह थापाले त्यो प्रतिभाशाली योगदान अंगे्रजसँग देखाउन पाउने आशा पनि कम हुन्थ्यो । आधुनिक नेपालको परिकल्पना नै हुने थिएन । आज नयाँ नेपाल भन्ने त कुरै आउने थिएन । आए पनि अर्कै ढंगमा हुन्थ्यो होला । त्यसैले राष्ट्रको लागि मरिमेट्ने योद्धालाई राष्ट्र नै अर्कोले लिन र खान खोज्दा सिंहको जस्तो आक्रमक शैलीमा अंगे्रजसँग लडाइँ गर्न तम्सिए । रगत तातेको समयमा अंगे्रजले धन, दौलत, मानसम्मानको लोभ देखाएर समर्पण गर्न आउ भनेको पछि कर्मवीर योद्धालाई असह्य भयो ।

वीर बडाकाजी अमरसिंह थापाले देशको लागि विभिन्न जिल्लाका किल्ला, गढ, भन्ज्याङ आदि स्थानमा नै शत्रुलाई रोक्ने काम गरे । यसरी दुस्मनलाई थर्काइ, फर्काइ दिएकाले नै अमरसिंहको वास्तविकता उजागर हुन गएको छ । देश जोगाउन र बनाउन, विदेशी शत्रु भगाउने र देश बचाउने योद्धा वीर बडाकाजी अमरसिं थापा नेपालमा सधैं अमर ररिहनेछन् ।

अमरसिंह थापा, पिता उमराव बाघ भीमसिंह थापा र माता उमादेवी थापाको माहिलो छोराका रूपमा विसं। १८०८ साल साउन १२ गते तनहुँ वतनचोकमा जन्म भई १८७३ मा गोसाईंकुण्डको हिमालयतिर नै ब्रह्मलीन भए ।

थापाको स्मृतिमा सार्वजनिक विदा
बडाकाजी अमरसिँह थापाको स्मृति दिवसको पुर्व सन्ध्यामा अमरगढी किल्ला सरसफाई गरिएको छ । अमरसिह थापाको नामले स्थापित अमरगढी नगरपालिकाले पहिलो पटक ऐतिहासिक निर्णय गरि राष्ट्रिय विभुति अमरसिह थापाको स्मृतिमा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

श्रावण १४ गते बसेको अमरगढी नगरपालिका नगर कार्यपालिकाको बैठकले साउन १६ गते अमरसिंह स्मृति दिवसमा सार्वजनिक विदा दिने निर्णय गरेको नगरप्रमुख विशेश्वर प्रसाद ओझाले बताए । ‘सुदुरपश्चिमको प्रसिद्ध मेला देहिजात (उग्रतारा मेला), प्रशिद्ध शक्तिपिठ घटाल स्थानमा लाग्ने घटाल जाँत र अमरसिह थापाको स्मृतिमा सार्वजनिक विदा दिने निर्णय भएको छ ।’ उनले भने ।

अमरसिह थापाले डडेल्धुरा जिल्लामा वि।स। १९४७ मा अमरगढी किल्ला निर्माण गरेको र सोही अमरगढी किल्लाको नामले वि.स. २०५३ सालमा अमरगढी नगरपालिकाको नामाकरण भएको थियो तर अमरगढी नगरपालिकाले सार्वजनिक विदा दिने निर्णय भने पहिलो पटक भएको छ ।

राष्ट्रिय विभुति बडाकाजी अमरसिह थापाको स्मृति दिवस साउन १६ गते विभिन्न कार्यक्रम गरि मनाईने अमरगढी नगरपालिकाले जनाएको छ । थापाद्धारा निर्माण गरिएको विशाल ढुङ्गे किल्लालाई जीवन्त राख्न र तिनै ऐतिहासिक पुरुष अमरसिंह थापाको स्मृतिमा सार्वजनिक विदा दिने निर्णय ऐतिहासिक निर्णय भएको स्थानीय नरेश थापाले बताए ।

समुन्द्र सतहबाट करिब ६ हजार ५०० फिट उचाईमा रहेको डडेल्धुरा जिल्ला सदरमुकामको उच्च टाकुरामा अमरगढी किल्ला रहेको छ । बडाकाजी अमरसिंह थापाद्धारा निर्मित यो किल्लामा ठूला ठूला ढुंगाबाट निर्माण गरिएको निकै कलात्मक रहको छ ।

वि.स. १८७३ मा मृत्यु भएका बडाकाजी थापालाई १८४७ मा कर्णाली र पश्चिमी भूभागमा युद्ध गर्न प्रथम प्रशासक नियुक्त भएका थिए । प्रशासक नियुक्त भएकै वर्ष ढुङ्गे किल्लाको निर्माण गरि यसैलाई अमरगढी किल्लालाई आधार शिला कायम गरी गोरखा राज्यको सिमाना विस्तार गरेका थिए ।

अमरगढी किल्लाको इतिहास
अरगढी किल्ला डडेल्धुरा जिल्ला सदरमुकामको उच्च टाकुरामा रहेको छ । यो किल्ला रहेको उचाई अन्दाज ६५०० फिट छ । यसको निर्माण श्री ५ रणबहादुर शाहको शासन काल तथा राजकुमार बहादुर शाहको नायवीमा संचालित नेपाल एकिकरणको शिलसिलामा बिक्रम संम्बत १८४७ भाद्र १३गते आइतबारको दिन सेति नदिको नारीदाङमा कप्तान रणविर खत्रीको नेतृत्वमा आएका दश कम्पनीका गोरखाली सैनिक जवान र डोटेली सैनिक को विचमा घमसान युद्ध भयो ।

सो युद्धमा गोरखालि फौजिका सामु डोटेली फौज पराजित भइसकेपछी डोटी राज्य पनि बिशाल नेपाल अधिराज्यमा गाभिन पुग्यो र भु–भागको सुशानलाई सुदृढ र विस्तार गर्नको लागि अमरसिंह थापा यस क्षत्रको प्रथम प्रशासनको रुपमा नियुक्ति भएर आए । उनले यस क्षेत्रको संरक्षण तथा महाकाली पारी पनि विजय अभियानलाई जारी राख्न अमरगढी किल्लाको निर्माण गर्न लगाएको हुन ।

यो किल्लाको निर्माण भइसकेपछी सरदार अमरसिंह थापा काजि जगतजित पाण्डे, कप्तान गोलैया कप्तान रणविर खत्री सुब्बा आदि सैनिक कमाण्डरहरुले यस अमरगढी किल्लालाई आधारकिल्ला कायम गरि कालि कुमाउ सर गर्ने कार्य गर्दा विचबाटोमा घौलि थानेर रङगयौलीमा कुमाउको राजा मोहन चन्दको फौजले गोरखाली फौज माथि एक्कासी आक्रमण गरि दियो । यसवेला गोरखाली सैनिक सजक नभएको कारण फलतः गोरखाली फौजिको पराजय भयो ।

तर केहि समय पछि उ पुनः कालि कुमाउ तर्फ अगाडी सर्र्यो । गोर्खाली सैनिकको अभुतपुर्व प्रदशनले स्वयम अमरसिंहको रणाको कुसलताले गोर्खाली सौनिकको विजय भयो । विजय अभियानको समाप्ति पछि अमरगढी किल्लाको माताहातमा रहने गरी एउटा किल्ला ९छाउनि० कुमाउमा राखिएको थियो । यो विशाल किल्लाकै कारण १८७३ को अंग्रेज सितको लडाईमा महाकाली वरिको संरक्षण भयको थियो । इतिहासबाट के प्रष्ट हुन्छ भने १८७४ पछिको नेपाल को सार्वभौमिकतामा यस किल्लाको सामरिक महत्व पनि धेरै छ ।

अमर सिंह थापाद्वारा निर्माण गरियको विशाल ढुङगेकिल्लाको निर्माण कलात्मक रहेको र चारै तिर ढुङगाले बनाईएको उक्त किल्ला भित्र गुफाहरु बनाईएको छन । शत्रुलाई छल्ने अनेक युद्ध सफलताको सैनिक प्रयोग र शत्रुद्धारा आएका सत्रनिरोध गर्ने मार्गहरुको निर्माण गरएको छ ।

आज भोलि किल्ला माथि ठुलाठुला वृक्षहरुको उत्पतिले किल्लाको एतिहासिक गौरब अझै झल्किन्छ भने किल्लाको विचभगमा उग्रभैरवको मन्दिर प्रतिस्थापन भएबाट यसको धार्मिक र सामरिक महत्व झल्किन्छ । ऐतिहासिक किल्ला अमरगढी नेपाल एकीकरणका क्रममा अमर सिंह थापाले स्थापना गरेको प्रमुख प्रशासकीय किल्ला हो, अमरगढी किल्ला । –न्युज एजेन्सीहरुको सहयोगमा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *