जगदम्बा इन्टरप्राइजेजका सीईओको कोरोना संक्रमणबाट मृत्यु

काठमाडौं । जगदम्बा इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृत (सीईओ)को कोरोना संक्रमणबाट मृत्यु भएको छ । ५६ वर्षीय सीईओको नारायणी अस्थायी कोरोना अस्पताल गण्डकमा उपचारको क्रममा गएराति मृत्यु भएको हो ।

वीरगञ्ज–११ श्रीपुर बस्दै आएका उनी भारतीय नागरिक हुन् । मृतक लामो समयदेखि मुुटुसम्बन्धी रोगबाट पीडित थिए । संक्रमण पुष्टि भएपछि उनी गत साउन ७ गते उनी कोरोना अस्पताल भर्ना भएका थिए ।

कोरोना अस्पतालका इन्चार्ज डा. निरजकुमार सिंहका अनुसार उनको मुटुको बाइपास सर्जरी भइसकेको थियो । ‘बिहीबार शरीरमा अक्सिजन कम भएपछि भेन्टिलेटरमा राखेका थियौँ,’ डा. निरजकुमार सिंहले भने– ‘राति साढे ११ बजे उनको मृत्यु भयो ।’

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार वस्नेतका अनुसार वीरगन्जमा बिहीबार नै ३ कोरोना कोरोना संक्रमितको मृत्यु भएको छ । यसअघि वीरगन्ज महानगरपालिका १६ नगवाका ३५ वर्षीय पुरुष र वीरगन्ज २ छपकैयाका ६५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *