वीरगञ्जमा दुई चिकित्सकसहित थप ४४ जनाको कोरोना रिपोर्ट पाेजेटिभ

काठमाडौं । वीरगञ्जमा थप ४४ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा बिहीबार राति गरिएको परीक्षणमा ४४ जनामा संक्रमण पुष्टि भएकाे हाे ।

संक्रमितमध्ये  १२ महिला र ३२ पुरूष छन् । तीमध्ये दुई जना चिकित्सक, ११ जना स्वास्थ्यकर्मी रहेका छन् भने अस्पतालमा डायलसिस गराइरहेका ३ जना मिर्गाैला बिरामीमा पनि संक्रमण पुष्टि भएकाे छ । संक्रमित स्वास्थ्यकर्मी नारायणी अस्पतालको आइसियु, मेडिकल र ओपडी विभागका हुन् ।

अस्पतालका अनुसार एडभान्स मेडिकेयर र अन्य अस्पतालका स्वाथ्यकर्मीमा समेत संक्रमण देखिएको छ । संक्रमित हुनेहरूमा वीरगञ्जकाे दुईवटा औषधि उद्योगका ४ जना कर्मचारी समेत रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *