‘नेपाल उद्योग वाणिज्य महासंघको विधान संशोधन हैन च्यातेर फाल्नु पर्छ’ उमेशलाल श्रेष्ठ (भिडियोसहित)

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा वस्तुगत तर्फबाट उपाध्यक्षका लागि उद्योगी उमेशलाल श्रेष्ठले उमेद्धारी घोषणा गरेका छन् । उनी उद्योग वाणिज्य महासंघमा अहिलेपनि वस्तुगत तर्फका उपाध्यक्ष नै हुन् । श्रेष्ठको पारिवारिक पृष्ठभूमी राजनीति रहेपनि उनी भने सफल व्यवसायी हुन ।

व्यापार र सेवामूलक व्यवसायभन्दा उद्योग चलाउनु नेपालको सन्दर्भमा निकै कठिन काम हो । तर श्रेष्ठ भने आफुलाई संघर्षशील उद्यमी हुन् । नयाँ उद्योग खोल्ने र भएको उद्योगहरुको क्षमता विस्तार गर्ने कार्यमा श्रेष्ठको योगदान रहेको छ । श्रेष्ठले संघमा शुशासन कायम गर्न तथा उद्योगी व्यवसायीहरुका हक अधिकारलाई राज्यको निकायसम्म पुर्याउनका लागि आफु संघमा रहन चाहेको बताएका छन् ।

श्रेष्ठको उद्योग मध्ये औषधि उत्पादक गर्ने कम्पनीहरु मध्ये क्वेष्ट फर्मास्यूटिकल्स प्रा.लि पनि एक हो ।

महासंघको अनुभवलाई अझै तिखार्ने सोचका साथ अहिलेको पदलाई नै निरन्तरता दिन लागेका श्रेष्ठ राजनीतिज्ञ पुष्पलाल श्रेष्ठ तथा साहना प्रधानका छोरा हुन् । वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्र ढकाल टीमबाट वस्तुगततर्फको उपाध्यक्षमा उम्मेदवारी दिएका उमेशलाल श्रेष्ठसँग मकालु खबरका लागि राजाराम न्यौपानेले गरेको भिडियो कुराकानी ।

हेर्नुहाेस् भिडियाे

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *