झापामा थप १२ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण

काठमाडौं । झापाको मेचीनगरस्थित काकडभिट्टामा थप १२ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । गत साउन ११ गते कारभिट्टाको होल्डीङ सेन्टरमा ३२ जना सशस्त्र प्रहरीको स्वाब संकलन गरिएको थियो ।

स्वाब संकलन गरेका मध्ये १२ जनामा संक्रमण देखिएको छ । भने २० जनाको रिपोट नेगेटिभ आएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । योसँगै मेचीनगरमा कोरोना सक्रमितको संख्या ८२ पुगेको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *