आइसोलेशनमा नै कोरोना संक्रमितले जन्माइन् छोरी, स्वास्थ्य अवस्था कस्तो छ?

काठमाडौं । कोरोना भाईरस संक्रमण पुष्टि भएर आइसोलेशनमा सबेकी ३१ वर्षिया महिलाले वीरगञ्जको गण्डकमा रहेको नारायणी अस्पताल अन्तरगतको गण्डक अस्थायी कोभिड अस्पतालको आइसोलेशनमा आज छोरी जन्माएकी छिन् । कोभिड अस्पतालका कोर्डिनेटर डा. उदयनारायण सिंहले आमा र शिशु दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका छन् ।

बिहीबार राती अबेर आएको पिसिआर परिक्षण रिर्पोटमा उक्त गर्भवती महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो । तर साझ नै सुत्केरी ब्यथाले च्यापेपछि नेशनल मेडिकल कलेजको प्रसूती गृहमा लगेर भर्ना गरिसकिएको थियो । कोरोना संक्रमण पुष्टि भएको जानकारी कुनैपनि परिवार सदस्य र स्वयम गर्भवती महिलालाई पनि थाहा थिएन ।

अचानक कोभिड अस्पतालको स्वास्थ्यकर्मी सहितको टोली अस्पताल पुगेपछि ती गर्भवती महिला र उनका परिवारका सदस्यलाई कोरोना संक्रमणको बारेमा जानकारी भएको थियो ।

कोभिड अस्पतालमा सुत्केरी गराउने दक्ष जनशक्ति नभएकाले बाहिर अन्य अस्पतालबाट नर्सलाइ बोलाएर, बिहान ४ बजेर १० मिनेट जाँदा बच्चाको जन्म भएको र आमा तथा शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको डा. सिंहले बताए ।

नवजात शिशुमा कोरोना भाईरसको संक्रमण छ छैन भनी परीक्षण गर्न स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि शुक्रबार बिहान नारायणी अस्पतालको प्रयोगशालामा पठाइएको डा. सिंहले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *