कुटपिट प्रकरणः राजकुमारको परिवारलाई १० लाख दिनुपर्ने माग

चितवन । नेपाली सेनाको कुटपिटबाट मृत्यु भएका परिवारलाई १० लाख रुपैया क्षतीपूर्ति दिनुपर्ने नेपाल चेपाङ संघ केन्द्रिय समितिले माग गरेको छ । साउन १ गते चितवन निकुञ्ज भित्रको खोलामा माछा मार्न गएका बेला त्यहाँका सेनाले कुटपिट गरेकामा राजकुमारको मृत्यु साउन ७ गते भएको थियो ।

चितवन राप्ती २ सुर्यमुखी टोलका २४ वर्षिय राजकुमार शव पोष्टमार्टम पछि टिचिङ अस्पतालमै छ । कुटपिटमा संलग्नलाई कारवाही गर्नु पर्ने, राजकुमारका परिवारलाई उचित क्षतीपूर्ती दिनुपर्ने, घाईतेको उपचार हुनुपर्ने माग संघले राखेको छ । संघले शुक्रबार भरतपुरमा पत्रकार सम्मेलन गरि मृतक राजकुमारका परिवारलाई १० लाख रुपैयाँ क्षतीपूर्ति दिनुपर्ने माग गरेको हो ।

राजकुमारसँगै माछा मार्न जाँदा कुटपिटबाट घाईते भएका अन्य चार जनाको निःशुल्क उपचार हुनुपर्ने पनि संघको माग छ । संघका केन्द्रिय अध्यक्ष जितेन्द्र चेपाङले माग सम्बाेधन नभए शान्तिपूर्ण चरणवद्ध आन्दोलनमा उत्रने चेतावनी दिए । संघले चितवन माडी नगरपालिका ९ कुसुमखोला घटनाका पीडित परिवारलाई गाँसवास, कपासको व्यवस्था गर्नुपर्ने माग अघि सारेको छ ।

चेपाङ समुदायको घर आगजनी, भत्काउने, अन्नवाली नष्ट गर्ने गराउन निर्देशन गर्ने कर्मचारीमाथि तत्काल कारवाही गरि बरखास्त सहित कानुनी कारवाही गर्नुपर्ने संघका अध्यक्ष चेपाङले बताए । चेपाङ समुदायलाई स्थानान्तरण गर्दा उनका परिवारलाई प्रशस्त मात्रामा जिविकोपार्जन गर्न सक्ने खालका वैकल्पिक व्यवस्थासहित पुर्नवासको व्यवस्था गर्नुपर्ने माग गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *