शाओमीको रेडमी नोट ९ नेपाली बजारमा, यस्ता छन् विशेषताहरु

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले आज नेपालमा दुई नयाँ स्मार्टफोन मोडल—रेडमी ९ र रेडमी ९ए सार्वजनिक गरेको छ । शक्तिशाली चिपसेट र प्रिमियम विशेषता भएका यी नयाँ भेरियन्टले सबैका लागि असाधारण स्मार्टफोन अनुभव पहुँचयोग्य बनाउने शाओमीको लक्ष्य झल्काउँछ ।

रेडमी ९ मा एक अनुकूलित मिडियाटेक हेलियो जी ८० एसओसी छ । जसले आफ्नो पूर्ववर्ती भन्दा १०७ प्रतिशत सुधारीएको प्रदर्शन प्रदान गर्दछ । ५०२० एमएएच ठूलो क्षमताको ब्याट्रीका साथ जोडिएको रेडमी ९ ले तपाईंलाई दैनिक काम र खेलका लागि आवश्यक पावर प्रदान गर्दछ ।

रेडमी ९ ले योग्य शानदार स्मार्टफोन डिजाइन प्रस्तुत गर्दछ । पछाडिको कभरमा यसले शिष्ट ग्रेडिएन्ट कलर डिजाइन र एन्टी फिंगरप्रिन्ट रिप्पल टेक्सचर उत्तोलन गर्दछ । रियर फिंगरप्रिन्ट सेन्सर विशेष गरि क्यामेरा सेटको छेउमा बस्नका लागि डिजाइन गरिएको छ र रेडमीको हालको स्मार्टफोन लाइनअपमा चित्रित एक ट्रेन्डी सरकल डिजाइनले घेरिएको छ । समग्रमा, यसले रेडमी ९ लाई समात्न र अनलक गर्न अझ बढि सहज बनाउँछ ।

यसलाई सम्पन्न गर्नुपर्दा, रेडमी ९ ३.५एमएम हेडफोन ज्याक, आइआर ब्लास्टरका साथ आउँछ र यसले डुअल सिम र थप माइक्रोएसडी स्लट समर्थन गर्दछ । रेडमी ९ का साथ प्रयोगकर्ताले केहि सम्झौता गर्नु पर्दैन, उनीहरुले यी सबै विशेषताहरु पाउँछन् ।

यो ३जीबीं३२जीबी भेरियन्टको मुल्य रु १६,९९९ रहेको छ भने ४जीबीं६४जीबी भेरियन्टको मुल्य रु १७,९९९ रहेको छ । रेडमी ९ए २जीबीं३२जीबी भेरियन्टको मुल्य रु ११,४९९ मा आउँछ र तीन कलरः ग्रानाइट ग्रे, पिकक ग्रनि र स्काई ब्लु मा उपलब्ध हुनेछ । दुवै फोनहरु आधिकारिक मी स्टोर, रिटेल पार्टनर र अनलाईन च्यानलमा उपलब्ध हुनेछ ।

रेडमी ९एस् ६.५३ इन्च ठूलो डिस्प्ले र ५०००एमएएच ब्याट्री

यो एकदम नयाँ एन्ट्री लेबल स्मार्टफोन इमर्सिभ दृश्य अनुभवका लागि विशाल ६.५३ इन्च डट ड्रप डिस्प्ले र ५००० एमएएच उच्च क्षमताको ब्याट्रीले सुसज्जित छ र त्यस्ता प्रयोगकर्ताहरुलाई सन्तुष्ट पार्छ जो आफ्नो फोनमा धेरै कुरा गर्न र मज्जा लिन चाहन्छन् । रेडमी ९ए मा मिडियाटेक हेलियो जी२५, अक्टा कोर गेमिङ चिपसेट जस्ता विशेषताहरु छन् जसले दिन प्रति दिन सहज संचालन अनुभव प्रदान गर्दछ । यसमा एआई अप्टिमाइज्ड् १३एमपी रियर क्यामेरा छ जसले विभिन्न अवस्थाहरुमा तीव्र र सहजै स्फूर्तिदायक र स्प्रष्ट तस्वीरहरु खिच्दछ ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले शाओमीमा उल्लेखनिय स्मार्टफोन अनुभवहरु सबैका लागि पहुँचयोग्य बनाउने लक्ष्य राखेको बताए । उनले विशाल ५०२० एमएएच ब्याट्री र क्वाड क्यामेरा सेटअपका साथ रेडमी ९ र ६.५३ इन्च डट ड्रप डिस्प्लेका साथ रेडमी ९ए सुलभ मुल्यमा उपलब्ध एन्ट्री लेबल स्मार्टफोनको विशिष्ट विकल्प भएको बताए ।
रेडमी ९ तीन कलरः कार्बन ग्रे, ओशन ग्रीन र सनसेट पर्पलमा उपलब्ध हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *