हाँस्य कलाकार हरिवंशको ‘गाईजात्रा’ मा नेतालाई व्यंग्यः ‘तिमी के को जान्ने’ (भिडियोसहित)

काठमाडौं । वरिष्ठ हाँस्य कलाकार हरिवंश आचार्यले ‘तिमी के को जान्ने’ बोलको गाइजात्रा गीत सार्वजनिक गरेका छन् । मह सञ्चारको अफिसियल युट्युब च्यानल मार्फत् बिहीबार सार्वजनिक गरिएको हाे ।

सो गीत हरिवंशकै शब्द, संगीत तथा स्वर र भुपाल मान सिंहको एरेन्जमा तयार भएको छ । गीतले देशको समसामयिक विषयमा व्यंग्य प्रहार गरेको छ । उक्त गीति भिडियोमा हरिवंश आचार्यलाई नेताको भूमिकामा देख्न सकिन्छ भने हरिवंशसँगै शिकुमार खड्का, किरण तुलाधर, विकास भट्टराई, सुश्मा कार्की लगायतले भिडियोमा अभिनय रहेकाे छ ।

सागरराज शर्माकाे निर्देशन रहेकाे उक्त भिडियाेकाे छायांकन हरि हुमागाइँले गरेका हुन् । भिडियाे सम्पादन सुशिल न्यौपाने गरेका छन् । हेर्नुहाेस् भिडियाेः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *