नेपाल इन्भेस्टमेन्ट बैंक ‘सर्वश्रेष्ठ साझेदार २०१९’ बाट पुरस्कृत

काठमाडौँ । नेपाल इन्भेस्टमेन्ट बैंकले ‘सर्वश्रेष्ठ साझेदार–२०१९’ सम्मानबाट पुररस्कृत भएको छ । विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्तीय निगम (आईएफसी)बाट ग्लोबल ट्रेड फाइनान्स प्रोग्राम (जीटीएफपी)अन्तर्गत नेपालबाट सर्वाधिक परिणामको व्यापार लगानीका लागि ‘सर्वश्रेष्ठ साझेदार–२०१९, कम आय भएका आईडीए देशहरू, दक्षिण एसिया’ का रुपमा ‘सम्मान पाएको हो ।

आईएफसीले नेपालको व्यापार लगानी (ट्रेड फाइनान्स)को प्रबद्र्धनका लागि नेपाल इन्भेस्टमेन्ट बैंकसँग साझेदारी गरेको छ । जसबाट बैंकले स्थानीय उद्यमीहरूका लागि सहयोग बढाउन सकेको र अन्तर्राष्ट्रिय व्यापारका अवसरहरू वृद्धिमा सहयोग पुर्याउन सकेको हाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *