निलुस गौतमकोे लगानीमा बन्ने चलचित्रमा मनिष राउत छनौट

काठमाडाैं । क्लोथिङ्ग ब्राण्ड ‘डक्टर डेनिम’ ले नेपाली चलचित्रमा लगानी गर्ने भएको छ । आगामी बर्ष रिलिज हुने गरी यो ब्राण्डले चलचित्र निर्माण गर्ने भएको हो ।

प्रेमकथामा बन्न लागेको उक्त अनटाइटल्ड फिल्ममा ‘प्रेम गीत ३’का अभिनेता मनिष राउतकाे मुख्य भूमिका रहने छ । नायिका भने छनौट गरिसकिएकाे छैन । नायिकाकाे खाेजी भइरहेकाे छ । निलुस गौतमको लगानीमा बन्न लागेको सो चलचित्रको स्क्रिप्ट तयार भइसकेको छ ।

यो चलचित्र नेपाल, जर्मनी र भारतको गोवामा छायांकन हुने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *