सिद्धार्थ बैंकले ९.२५  प्रतिशत ब्याजदरमा घर कर्जा दिने

काठमाडौं । सिद्धार्थ बैंकले ९.२५  प्रतिशत ब्याजदरमा घरकर्जा दिने भएको छ । सिद्घार्थ बैंक लिमिटेडले घर बनाउने, खरिद गर्ने तथा अन्य बैंक वित्तिय संस्थाबाट उपभोग गरिरहेको घरकर्जा सार्ने प्रयोजनाका लागि सस्तो तथा सरल किस्ताबन्दीमा घर कर्जा योजना ल्याएको हो । यस योजना अन्तर्गत बैंकले ग्राहकले ९.२५  प्रतिशत वार्षिक ब्याजदरमा घर कर्जा प्रदान गर्ने भएको हो । सो प्रदान गरिएको कर्जाको ब्याजदर १ वर्षसम्मका लागि स्थिर रहनेछ ।

बैंकले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै विभिन्न समयमा यस्ता सरल तथा सहज किसिमका कर्जा योजनाहरु ल्याउँदै आएको छ । भने यस योजनाले सबै ग्राहकहरुलाई आफ्नै घर बनाउने सपनालाई पूरा गर्न प्रेरित गर्नेछ भन्ने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *