वीपी प्रतिष्ठानबाट ८ जना डिस्चार्ज हुँदा ८ जना थपिए

धरान । वीपी कोइराला स्वास्थ्य विज्ञानको कोभिड असपतालबाट आज ८ जना डिस्चार्ज भएकोमा ८ जना नै नयाँ संक्रमित भर्ना भएका छन् ।

धरान स्थित प्रतिष्ठानबाट आज ८ जना कोरोना संक्रमित निको भएर घर जाँदा ८ जना नयाँ कोरोना संक्रमित भर्ना भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जनाएका छन् ।

आज प्रतिष्ठानमा मोरङका ६ जना र झापाका २ जना नयाँ संक्रमित भर्ना भएका छन् । भने, सुनसरीका ४ जना र उदयपुरका ४ जना उपचारपछि डिस्चार्ज भएका छन् । प्रवक्ता डा. सापकोटाका अनुसार डिस्चार्ज हुनेहरुमा २ वर्षकी बालिकादेखि ७० वर्षकि महिला रहेका छन् । डिस्चार्ज हुनेमा ६ पुरुष सहित २ महिला छन् ।

हाल प्रतिष्ठानमा २९ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । प्रतिष्ठानबाट हालसम्म २८१ जना उपचारपछि डिस्चार्ज भएका छन् । प्रतिष्ठानले अहिलेसम्म १५ हजार ०३९ जनाको पिसिआर टेस्ट गरीसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *