१४ जनाको कुटपिटबाट १ जनाको मृत्यु

रोल्पा । जिल्ला प्रहरी कार्यालय रोल्पाले कुटपिट गरी मार्ने ६ जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला रोल्पा रुन्टीगढी गाउँपालिका भञ्ज्याङ खोलामा सालडाँडा बस्ने बर्ष २४ को ईश्वर बस्नेतलाई स्थानीय १४ जनाको समूहको कुटाइबाट मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक शंकर खड्काले स्थानीय १४ जनाको समूहले बस्नेतलाई कुटपिट गरेपछि शक्त घाइते बस्नेतलाई बिहान ६ बजेको समयमा स्वास्थ्य चौकी डुबृङ रोल्पामा ल्याई सामान्य उपचार गराई थप उपचारको लागि उक्त समूहले दाङतर्फ लैजाने क्रममा जिरोल्पा रुन्टीगढी गाउँपालिका ६ भञ्ज्याङ खोला नजिक ईश्वर बस्नेतको मृत्यु भएको बताए ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता खड्काले जिल्ला रोल्पा रुन्टीगढी गाउँपालिका सालवाङ बस्ने बर्ष ६५ को गोठे बुढा जिदाङ घोराही उपमहानगरपालिका १२ हापुरबाट घरतर्फ आउँदै गर्दा जिल्ला रोल्पा रुन्टीगढी गाउँपालिका भञ्ज्याङ ६ खोलामा सालडाँडा बस्ने बर्ष २४ को ईश्वर बस्नेतले गोठे बुढाको साथमा रहेको नगद रु ५ हजार र हातमा लगाएको घडी लुटेपछि गोठे बुढा गाँउमा आइ स्थानीयलाई खबर गरेका थिए ।

स्थानीयलाई खबर गरेपश्चात् १४ जनाको समूहले राति १ बजेको समयमा ईश्वर बस्नेतको घरमा गई ढोका खोल्नुहोस् भनी ढोका ढक्ढकाउँदा बस्नेत घरको झ्यालबाट हामफाली भाग्ने क्रममा घर नजिकै उल्लेखित १४ जनाको समूहले छोपि कुटपिट गर्दा ईश्वर बस्नेत घाईते भएका थिए ।

घाइते बस्नेतलाई उपचारको लागि उक्त समूहले शनिबार बिहान ६ बजेको समयमा स्वास्थ्य चौकी डुबृङ रोल्पामा ल्याई सामान्य उपचार गराई थप उपचारको लागि दाङतर्फ लैजाने क्रममा जिरोल्पा रुन्टीगी गाउँपालिका ६ भञ्ज्याङ खोला नजिक ईश्वर बस्नेतको मृत्यु भएको थियो ।

बस्नेतको मृत्युु भएको खबर बिहान १० बजे प्रहरीलाई खबर गरिऐको र प्रहरीलाई खबर प्राप्त हुनासाथ प्रहरी खटी गई उक्त घटनामा संलग्न ६ जनालाई इलाका प्रहरी कार्यालय होलेरीले नियन्त्रणमा लिएको छ भने अन्य ८ जना फरार व्यक्तिको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक शंकर खड्काले बताए ।

प्रहरीले कुटपिट गर्ने समूहका जिल्ला रोल्पा रुन्टीगढी गाउँपालिका ६ सालवाङ बस्ने बर्ष ३९ को भीम बस्नेत, बर्ष ३३ को झुपलाल बुढा , बर्ष ३९ को प्रेम ब. बुढाथोकी ,बर्ष ३५ को चेतलाल साहु ,बर्ष ३९ को चन्द्रलाल रोका बर्ष ३५ को दिल ब. रोकालाई नियन्त्रणमा लिएको र बाँकी ८ जनाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । रोशन दानी, रोल्पा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *