नेपाल-चीन सम्बन्धलाई नयाँ उचाइ दिन तयार छौं : राष्ट्रपति सी

एजेन्सी । चीनले नेपालसँगको सम्बन्धलाई नयाँ उचाइ दिन तयार रहेको बताएको छ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले चीन–नेपाल सम्बन्धलाई अघि बढाउन नेपालसँग काम गर्न तयार रहेको बताएका हुन् ।

नेपाल–चीनको कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ औं वर्ष वार्षिकोत्सव पुगेको उपलक्ष्यमा राष्ट्रपति विद्यादेवी भण्डारी बधाई सन्देश पठाउँदै राष्ट्रपति सीले दुई मुलुकका जनताहरुलाई बढी फाइदा पुर्‍याउने र यस क्षेत्रको स्थिरता र विकासमा सकारात्मक योगदान दिने बताएका हुन् ।

सीले भण्डारीलाई पठाएको सन्देशमा दुई मुलुकले कूटनीतिक सम्बन्ध स्थापना भएदेखि एकअर्कालाई सम्मान र समान व्यवहार गरेको, राजनीतिक रुपमा आपसी विश्वास र गहन रुपमा पारस्परिक सहयोग गरिरहेको बताएका छन् ।

परराष्ट्र मन्त्रालयले शनिबार जारी गरेको विज्ञप्तिअनुसार राष्ट्रिपति विद्यादेवी भण्डारीले राष्ट्रपति सीलाई तथा प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका राष्ट्रपति सी र प्रधानमन्त्री ली केकियाङलाई बधाई सन्देश पठाएका छन् ।

यस्तै, लीले प्रधानमन्त्री ओलीलाई पनि सन्देश पठाएका छन् । परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र चीनका परराष्ट्रमन्त्री वाङ यीले पनि एकअर्कालाई बधाई सन्देश दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *