कार्यकक्षमै उपसचिव प्रेम सञ्‍जेलमाथि कुटपिट

काठमाडौं । उपसचिव प्रेम सञ्जेल कार्यकक्षामै कुटिएका छन् ।

श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुखसमेत रहेका सञ्जेल कार्यकक्षमै कुटिएका हुन् ।

कुटपिटमा संलग्नको आरोपमा प्रहरीले दुई महिला कर्मचारीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रहरीले कार्यालयका सहयोगी कर्मचारी नेत्र भट्टराई र मेनुका सापकोटा कोइरालालाई नियन्त्रणमा लिएको हो ।

कुटपिटबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । कार्यकक्षमै कुटिएका सञ्जेलको अनुहारमा चोटपटक लागेको बुझिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *