१४ जनाको कुटाईबाट एकको मृत्यु : संलग्न सबै पक्राउ

रोल्पा । जिल्ला प्रहरी कार्यालय रोल्पाले कुटपिट गरी मार्ने १४ जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला रोल्पा रुन्टीगढी गाउँपालिका भञ्ज्याङ खोलामा सालडाँडा बस्ने वर्ष २४ को ईश्वर बस्नेतलाई स्थानीय १४ जनाको समूहको कुटाइबाट मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक शंकर खड्काले स्थानीय १४ जनाको समूहले बस्नेतलाई कुटपिट गरेपछि शक्त घाइते बस्नेतलाई बिहान ६ बजेको समयमा स्वास्थ्य चौकी डुबृङ रोल्पामा ल्याई सामान्य उपचार गराई थप उपचारको लागि उक्त समूहले दाङतर्फ लैजाने क्रममा जिरोल्पा रुन्टीगढी गाउँपालिका ६ भञ्ज्याङ खोला नजिक ईश्वर बस्नेतको मृत्यु भएको बताए ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता खड्काले जिल्ला रोल्पा रुन्टीगढी गाउँपालिका सालवाङ बस्ने बर्ष ६५ को गोठे बुढा जिदाङ घोराही उपमहानगरपालिका १२ हापुरबाट घरतर्फ आउँदै गर्दा जिल्ला रोल्पा रुन्टीगढी गाउँपालिका भञ्ज्याङ ६ खोलामा सालडाँडा बस्ने बर्ष २४ को ईश्वर बस्नेतले गोठे बुढाको साथमा रहेको नगद रु ५ हजार र हातमा लगाएको घडी लुटेपछि गोठे बुढा गाँउमा आइ स्थानीयलाई खबर गरेका थिए ।

स्थानीयलाई खबर गरेपश्चात् १४ जनाको समूहले राति १ बजेको समयमा ईश्वर बस्नेतको घरमा गई ढोका खोल्नुहोस् भनी ढोका ढक्ढकाउँदा बस्नेत घरको झ्यालबाट हामफाली भाग्ने क्रममा घर नजिकै उल्लेखित १४ जनाको समूहले छोपि कुटपिट गर्दा ईश्वर बस्नेत घाईते भएका थिए ।

घाइते बस्नेतलाई उपचारको लागि उक्त समूहले शनिबार बिहान ६ बजेको समयमा स्वास्थ्य चौकी डुबृङ रोल्पामा ल्याई सामान्य उपचार गराई थप उपचारको लागि दाङतर्फ लैजाने क्रममा जिरोल्पा रुन्टीगी गाउँपालिका ६ भञ्ज्याङ खोला नजिक ईश्वर बस्नेतको मृत्यु भएको थियो ।

बस्नेतको मृत्युु भएको खबर बिहान १० बजे प्रहरीलाई खबर गरिएको थियो । खबर प्राप्त हुनासाथ प्रहरीले घटनामा संलग्न ६ जनालाई नियन्त्रणमा लिएको थियो । अन्य ८ जना फरार रहेका थिए ।

प्रहरीले कुटपिट गर्ने समूहका सबैलाई पक्राउ गरेको छ । जिल्ला रोल्पा रुन्टीगढी गाउँपालिका ६ सालवाङ बस्ने बर्ष ३९ को भीम बस्नेत, बर्ष ३३ को झुपलाल बुढा, बर्ष ३९ को प्रेम ब. बुढाथोकी, बर्ष ३५ को चेतलाल साहु, बर्ष ३९ को चन्द्रलाल रोका बर्ष ३५ को दिल ब. रोकालाई तत्कालै नियन्त्रणमा लिएकोमा बाँकी ८ जनालाई पनि पक्राउ गर्न सफल भएको छ ।

अन्यमा बर्ष २२ का टोपेन्द्र साहु रोका, बर्ष ३१का धन सिंह बुढाथोकी रोका, बर्ष २४ का कमल बस्नेत, बर्ष १८ का प्रकाश बुढा, बर्ष २० का ठगेन्द्र बुढा, बर्ष २० का प्रेम बुढा, बर्ष २५ का तिल बहादुर चलाउने र बर्ष ३५ का हिरा बहादुर बुढाथोकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *