कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु

वीरगञ्ज । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट वीरगञ्जमा थप एक जनाको मृत्यु भएको छ । साउन १४ गते बयोधा अस्पतालमा भर्ना भएकी वीरगञ्ज–१६ नगवाकी ५० वर्षीया महिलाको मृत्यु भएको हो ।

उनको शुक्रबार स्वाबको नमुना संकलन गरी पीसीआर परीक्षणका लागि नारायणी अस्पतालको पीसीआर ल्याबमा पठाइएको थियो । तर रिपोर्ट नआउँदै बिहान १०ः१२ बजे मृत्यु भएको थियो । उनको शुक्रबार राति पोजेटिभ रिपोर्ट आएको हो । शुक्रबार मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायले जानकारी दिए ।

उनी सुगरबाट ग्रसित थिइन् । नारायणी अस्पतालका डा. निरज सिंहका अनुसार उनमा निमोनिया र हाईपर टेनसनको समस्या थियो ।

यो सँगै वीरगञ्जमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । पछिल्लो १० दिनमा कोरोना संक्रमणका कारण पर्सामा मृतकको संख्या १० पुगेको छ ।

नगवाकै ६० बर्षीया महिलाको अवस्था पनि गम्भिर रहको अस्पतालले जानकारी दिएको छ । उनको बयोधा अस्पतालमै आईसीयूमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *