किन कुटिए भ्रष्टाचार विरोधी सरकारी कर्मचारी तथा नेपाल सरकारका उपसचिव सञ्जेल

विराटनगर । आफ्नै कार्यालय सहयोगीले फोन गरेर बोलाई आफ्नै कार्यकक्षमा भित्रबाट चुकुल लगाइ कुटपिट गरेको श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलले बताएका छन् ।

सनिबार बिहान ११ बजे कार्यालय सहयोगी नेत्र भट्टराई निरौला र मेनुका सापकोटा कोइरालाले आफूलाई कार्यालयमा फोन गरी बोलाएर आफ्नै कार्यकक्षमा प्रवेश गरी भित्रबाट चुकुल लगाई कुटपिट गरेको शनिवार जिल्ला प्रहरी कार्यालय मोरङ पुगेका उप– सचिव प्रेम सञ्जेलले बताए ।

उप–सचिव सञ्जेलको अनुसार कार्यालयमा सधैँ चोरी हुने भएकाले २ पुरुष कार्यालय सहयोगी र २ महिला कार्यालय सहयोगीलाई रातको समय एक, एक हप्ताको डिउटी विभाजन गरिदिएका थिए । सोही कामको विषयमा उत्पन्न भएको विवादमा कार्यालय सहयोगी २ महिलाले सञ्जेल माथि कुटपिट गरेको बताइएको छ ।

विवादको क्रममा कार्यालय सहयोगी महिलाहरूले कार्यकक्षमा रहेको टेबुलमाथिको पेपर वेट (सिसाको डल्ला), उनीहरूले लगाएको चप्पल, पञ्चिङ मेसिनले प्रहार गरेको सञ्जेलको भनाई छ ।

भ्रष्टाचार विरोधी सरकारी कर्मचारीको छवि बनाएका उप–सचिव सञ्जेलको निधार, अनुहार लगायतका विभिन्न अङ्गमा चोट लागेको छ ।

पीडक महिला नेत्र भट्टराई निरौला र मेनुका सापकोटा कोइरालाले भने कार्यालय प्रमुख सञ्जेलले आफूहरूलाई तथानाम गाली गलौज गरेको आरोप लगाएका छन् । असह्य गाली गलौज गरेको कारण नै आफूहरूले कुटपिट गरेको उनीहरूले स्विकारेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *