देउवा र सिटौलाले भेटे अनशनरत युवाहरुलाई

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति सेरबहादुर देउवाले बसन्तपुरमा अनशनरत इनफ इज इनफ अभियानका युवाहरुलाई भेटेका छन् । शनिबार अनशनरत ई लगायतका युवाहरुलाई भेटेर कांग्रेस सभापति देउवाले सरकारले तुरून्त माग पूरा गर्नुपर्ने बताउँदै उनीहरुका मागमा ऐक्यवद्धतासमेत जनाए ।

देउवाले ओली सरकारले उनीहरुका माग पुरा गर्नुपर्ने भन्दै उनलाई बचाउनुपर्ने बताए ।

इनफ इज इनफको अभियान तथा प्रदर्शनमा प्रहरीले गरेको धरपकडलाई कांग्रेसले भर्त्सना गरेको सभापति देउवाले बताए।

कांग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले सरकारले इनफ इज इनफले उठाएका माग तत्काल पूरा गर्नुपर्ने बताए।

इनफ इज इनफले पिसिआर परीक्षणको दायरा वृद्धिलगायतका माग राखेर अभियान जारी राखेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *