ब्रिटिश एयरवेजमा न्यूनतम कर्मचारी कटौतीका लागि सहमति

लन्डन । ब्रिटिश एयरवेजका विमान चालकहरूले २७० कर्मचारी कटौती गर्ने र कार्यरत कर्मचारीबाट २० प्रतिशत ज्याला कम गर्ने सम्झौताको स्वीकार गर्ने पक्षमा मतदान गरेका छन् ।

विमान कम्पनी कोरोनाभाइरसको महामारीबीच आर्थिक प्रभावको सामना गरिरहेको र आर्थिक सङ्कटको सामना गर्न एक हजार २०० विमान चालकसहित १२ हजार कर्मचारी हटाउने कम्पनीको प्रस्तावको सट्टा २७० कर्मचारी कटौती र २० प्रतिशत ज्याला कटौती गर्ने सम्झौतालाई पारित भएको उड्ययन यूनियन (बाल्पा) ले जानकारी गराएको छ ।

सम्झौता अनुसार कर्मचारीको महामारीको समयको वेतनमा २० प्रतिशतले कम गर्ने र दुई वर्षसम्म आठ प्रतिशतले कटौती गरिने छ । उक्त समयपछि ज्यालादर कटौती नहुने बाल्पाले बताएको छ । एएफपी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *