दुर्घटनामा गम्भीर घाइते सांसद थापालाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याइयो

काठमाडौं । मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएकी सुदूरपश्चिम प्रदेशका प्रदेश सभा सदस्य अम्बिका थापालाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।

टाउकोमा गम्भीर चोट लागेकी थापालाई धनगढीमा उपचार सम्भव नभएपछि सेनाको हेलिकोप्टरमार्फत गएराति १० बजे काठमाडौं ल्याइएको हो । धनगढी उपमहानगरपालिकाको वडानम्बर ८ स्थित बुद्धचोकमा उनी सवार मोटरसाइकललाई पछाडिबाट आएको अर्को मोटरसाइकलले ठक्कर दिएपछि लडेर घाइते भएकी हुन् ।

प्रहरीकाअनुसार उनको टाउकोमा गहिरो चोट लागेको र अवस्था चिन्ताजनक छ । ठक्कर दिने मोटरसाइकलको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी प्रतीक विष्टले जानकारी दिए । अछाम घर भएकी प्रदेशसभा सदस्य थापा कांग्रेसबाट समानुपातिक सांसद हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *